Kathmandu Press

रोहितले बनाए शतक

पावर प्लेमै ब्याटिङमा लागि आएका रोहितले ४७ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै शतक प्रहार गरेका हुन्। टि–२० क्रिकेटमा रोहितको यो पहिलो शतक हो।
रोहितले बनाए शतक

काठमाडाैं, वैशाख १५ : नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले वेस्टइन्डिज एविरुद्ध शतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित टियूमा जारी खेल रोहितले ४७ बलमा शतक प्रहार गरेका छन्।

पावर प्लेमै ब्याटिङमा लागि आएका रोहितले ४७ बलमा १० चौका र ५ छक्का प्रहार  गर्दै शतक प्रहार गरेका हुन्। टि–२० क्रिकेटमा रोहितको यो पहिलो शतक हो।

रोहितको शतकसँगै नेपाल २०५ रनको लक्ष्य पछ्याएको नेपाल जिततर्फ अग्रसर भएको छ। ताजा अवस्थामा नेपालले १८ ओभरमा १७८–४को अवस्थामा छ। अब नेपाललाई जितका लागि १२ बलमा जितका लागि २४ रन चाहिएको छ।

बलिङमा म्याथ्यु फोर्ड र ओबेड मकोइले समान १ विकेट लिए।

प्रकाशित मिति: १५:४८ बजे, शनिबार, वैशाख १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्