Kathmandu Press

कोरोना पीडितलाई फेडेरर र म्याकग्रेगरले एक मिलियन सहयोग गर्ने

काठमाडौं, चैत १३ : कोरोना भाइरस विश्वभर महामारीका रुपमा फैलिएको छ। त्यसविरुद्ध लड्न विभिन्न क्षेत्रले सहयोगको घोषणा गरिरहेका बेला खेलाडीहरुले साथ....

कोरोना पीडितलाई फेडेरर र म्याकग्रेगरले एक मिलियन सहयोग गर्ने

काठमाडौं, चैत १३ : कोरोना भाइरस विश्वभर महामारीका रुपमा फैलिएको छ। त्यसविरुद्ध लड्न विभिन्न क्षेत्रले सहयोगको घोषणा गरिरहेका बेला खेलाडीहरुले साथ दिएका छन्।

विश्व खेलकुदका दुई चर्चित खेलाडी स्वीस टेनिस स्टार रोजर फेडेरर र युएफसी फाइटर कोनोर म्याकग्रेगरले पनि सहयोगको घोषणा गरेका छन्। फेडेररले एक मिलियन स्वीस फ्यांक र म्याकग्रेगरले एक मिलियन पाउण्ड सहयोग गर्ने घोषणा गरेका हुन्।

कोरोनाबाट पीडित स्वीट्जरल्याण्डका गरिब परिवारलाई सहयोग गरेको फोडेरर बताएका छन्। ‘यो सबैका लागि चुनौतीपूर्ण समय हो। हामीले गरिब परिवारका लागि सानो सहयोगको घोषणा गरेका छौं। हाम्रो यो योगदान एउटा सुरुवात मात्र हो। हामीलाई आशा अन्य धेरै व्यक्ति यसमा सामेल हुनुहुनेछ। एकसाथ मिलेर यो संकटबाट मुक्त हुनुपर्छ,’ फेडेररले ट्वीटरमा लेखेका छन्। 

यसैगरी, आयरल्याण्डका फाइटर म्याकग्रेगरले अस्पताललाई सुरक्षात्मक उपकरण किन्न एक मिलियन युरो सहयोग गरेको बताएका छन्। म्याकग्रेगरको सहयोग आयरल्यान्डको लिनेस्टरमा पठाइने बताइएको छ।
 

प्रकाशित मिति: १७:५७ बजे, बिहीबार, चैत १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्