Kathmandu Press

वेस्टइन्डिज एले दियो नेपाललाई २०५ रनको लक्ष्य

शनिबार कीर्तिपुरस्थित टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले कप्तान रोस्टन चेसको अर्धशनक मद्दतमा ५ विकेटको क्षतिमा २०४ रन बनायो।
वेस्टइन्डिज एले दियो नेपाललाई २०५ रनको लक्ष्य

काठमाडाैं, वैशाख १५ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा नेपालले २०५ रनको विशाल लक्ष्य पाएको छ। शनिबार कीर्तिपुरस्थित टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले कप्तान रोस्टन चेसको अर्धशनक मद्दतमा ५ विकेटको क्षतिमा २०४ रन बनायो।

अन्तिम २ ओभरमा नेपाली बलरले उत्कृष्ट बलिङ गरेपछि नेपालले वेस्टइन्डिज एलाई २०४ मै रोक्न सफल भयो। अन्तिम २ ओभरमा उसले १३ रन मात्र बनाउन सकेको थियो।

Hardik ivf

वेस्टइन्डिज एका लागि कप्तान रोस्टन चेसले सर्वाधिक ७४ रन बनाए। अन्तिम ओभरको चौथो बलमा आउट भएका उनले ४६ बलमा ९ चौका र २ छक्का प्रहार गरे।

यस्तै, ओपनर अलिक अथानाजले २५ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ४७ रन बनाए भने केसी कार्टीले ३८ र कदिम अलियनले १४ रन बनाए।

बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरी, कलमसिंह ऐरी, अविनाश बोहरा र कप्तान रोहितकुमार पौडेलले समान १ विकेट लिए।

प्रकाशित मिति: १४:१० बजे, शनिबार, वैशाख १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्