विश्वकप खेलेका चार्ल्सलाई कमलसिंह ऐरीले बोल्ड गरे
कमलले पहिलो ओभरको अन्तिम बलमा वेस्टइन्डिजबाट २ पटक टि–२० जितेका जोन्सन चार्ल्सलाई बोल्ड गरेका हुन्।
काठमाडाैं, वैशाख १५ : वेस्टइन्डिज एविरुद्धको पहिलो टि–२०मा नेपालले पहिलो ओभरमै सफलता हात पारेको छ। टियू मैदानमा टस जितेर बलिङ गरेको नेपालालाई कलमसिंह ऐरीले पहिलो सफलता दिलाएका हुन्।
कमलले पहिलो ओभरको अन्तिम बलमा वेस्टइन्डिजबाट २ पटक टि–२० जितेका जोन्सन चार्ल्सलाई बोल्ड गरेका हुन्।
ताजा अवस्थामा २ ओभरको समाप्तिमा वेस्टइन्डिज एले २४ रन बनाएको छ। क्रिजमा े ११ बलमा २१ रन बनाएका अलिक अथान्ज र आन्द्रे फ्लेचर छन्।
प्रकाशित मिति: १२:३१ बजे, शनिबार, वैशाख १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












