Kathmandu Press

वेस्टइन्डिज एविरुद्ध नेपालले टस जितेर बलिङ राेज्याे, टिममा ४ परिवर्तन

केही बेरमा कीर्तिपुरस्थित टियू मैदानमा सुरु हुने खेलमा नेपालले टस जितेको छ। कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ।
वेस्टइन्डिज एविरुद्ध नेपालले टस जितेर बलिङ राेज्याे, टिममा ४ परिवर्तन

टि–२०को तयारीका आयोजना गरिएको नेपाल र वेस्टइन्डिज एविरुद्धको टि–२० सिरिज आजबाट सुरु हुँदैछ।

केही बेरमा कीर्तिपुरस्थित टियू मैदानमा सुरु हुने खेलमा नेपालले टस जितेको छ। कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ।

Hardik ivf

नेपालले प्रिमियर कपको खेलेको टिममा ४ परिवर्तन गरेको छ। मुख्य प्रशिक्षक मोन्टी देसाईले ओपनर अनिलकुमार शाह, अलराउन्डर विवेक यादव, फास्ट बलर प्रतिश जिसी र कमलसिंह ऐरीलााई मौका दिएका छ्न।

प्रिमियर कप खेलेका ओपनर आसिफ सेख, सन्दीप जोरा, सोमपाल कामी र करण केसी बेन्चमा छन्।

नेपालले वेस्टइन्डिज एसँग ५ खेलको सिरिज खेल्नेछ।

नेपाली टोली :  कुशल भुर्तेल, अनिल कुमार शाह, रोहित कुमार पौडेल, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, ललितनारायण राजवंशी र अभिनाश बोहोरा

 

 

प्रकाशित मिति: १२:०८ बजे, शनिबार, वैशाख १५, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्