Kathmandu Press

विश्वकप लिग २ को नेपालको दोस्रो सिरिज स्थागित

काठमाडौं, चैत १३ : सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप खेल्न रोडम्यापका रुपमा रहेको लिग–२ को नेपालको दोस्रो सिरिज स्थागित भएको छ। को....

विश्वकप लिग २ को नेपालको दोस्रो सिरिज स्थागित

काठमाडौं, चैत १३ : सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप खेल्न रोडम्यापका रुपमा रहेको लिग–२ को नेपालको दोस्रो सिरिज स्थागित भएको छ। कोरोनाभाइरस विश्वभर महामारीका रुपमा फैलिएपछि नामिबियामा हुने भनिएको नेपालको दोस्रो सिरिज स्थगित भएको हो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले आगामी बिहीबार जुन ३० सम्म हुने सबैखाले क्रिकेट प्रतियोगित स्थगित गर्ने निर्णय गरेसँगै नेपालको नामिबिया टुर पनि स्थागित भएको हो। नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिज अप्रिल २० देखि २७ सम्म हुने तालिका थियो। 

यसैगरी लिग–२ अन्तर्गतकै नेपाल, पपुवा न्यूगिनी र युएईबीचको त्रिकोणात्मक सिरिज पनि स्थगित भएको छ। यो सिरिज पपुवा न्यूगिनीमा जुन ६ देखि १६ सम्म हुने तालिका थियो। यसअघि नै आईसिसीले लिग–२ कै अमेरिका, स्कटल्यान्ड र युएईबीचको सिरिज पनि स्थागित गरेको थियो। 

लिग २ का सातौं चरणका सिरिज भने हुने आईसिसीले जनाएको छ। लिग २ को सातौं चरण सेप्टेम्बरमा हुने छ, तर मिति भने तय भइसकेको छैन। 

यसैगरी नेपालले खेल्न लागेको टि–२० विश्वकपको एसिया इस्टर्न रिजन छनोट प्रतियोगिता पनि स्थगित भएको छ। टि–२० विश्वकपको इस्टर्न रिजन छनोट जुन २६ देखि जुलाई २ सम्म मलेसियामा हुने तालिका थियो। जसमा नेपालसहित मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्ड सहभागी थिए।

प्रकाशित मिति: १६:४१ बजे, बिहीबार, चैत १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्