Kathmandu Press

वेस्टइन्डिजसँगको सिरिजका लागि नेपाली टिमको घोषणा, आरिफ सेखको पुनरागमन

क्यानले ओमानमा भएको एसिसी प्रियिमर कप खेलेको टिममा आरिफ सेख र आकाश चन्दा थप्दै टिम घोषणा गरेको हो।
वेस्टइन्डिजसँगको सिरिजका लागि नेपाली टिमको घोषणा, आरिफ सेखको पुनरागमन

काठमाडाैं, वैशाख १३ : नेपाल क्रिकेट संघ (क्यान) ले वेस्टइन्डिजको ए टिमसँगको ५ खेलको टी-२० सिरिजका लागि नेपाली टिमको घोषणा गरेको छ। क्यानले रोहितकुमार पौडेलको कप्तानीमा बिहीबार १६ सदस्यीय टिम घोषणा गरेको हो।

क्यानले ओमानमा भएको एसिसी प्रियिमर कप खेलेको टिममा आरिफ सेख र आकाश चन्दा थप्दै टिम घोषणा गरेको हो। एसिसी प्रिमियर कपमा नरहेका आरिफका आयरल्यान्ड् एविरुद्धको सिरिजमा गरेको प्रदर्शनको आधारमा टिममा फर्किएका हुन् भने आकाश ओमान भ्रमणामा टिमसँगै रहेपनि टिमको हिस्सा भने थिएनन्।

Hardik ivf

रोस्टन चेसको कप्तानीमा रहेको वेस्टइन्डिजको बलियो टिम बुधबार नै नेपाल आइसकेको छ। टिममा आन्द्रे फ्लेचर, जोन्सन चार्ल्स, फाबियन ऐलेन, किमो पल, हैडेन वाल्स, ओबेड म्याकोएजस्ता अनुभवी खेलाडी छन्। फ्लेचर र चार्ल्स वेस्टइन्डिजको विश्वकप विजेता टिमका सदस्य पनि हुन्। वेस्टइन्डिजको टिममा सिनियर टिमबाट नखेलेका ४ खेलाडीमात्र छन्।

सिरिजको पहिलो खेल वैशख १५ गते हुनेछ। वैशाख १६मा दोस्रो, वैशाख १९मा तेस्रो, वैशाख २०मा चौथो र वैशाख २२ मा अन्तिम खेल हुने तालिका छ। आसन्न टि–२० विश्वकपको तयारीका लागि क्यानले वेस्टइन्डिज एसँगको सिरिज आयोजना गरेको हो।

नेपालको टोलीमा  रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, विवेक यादव र आकाश चन्द छन्।

प्रकाशित मिति: १२:१८ बजे, बिहीबार, वैशाख १३, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्