Kathmandu Press

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

अप्रिल २७ देखि मे ८ तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। पुरुषको ४८ केजीमा लालप्रसाद उप्रेतीले प्रतिस्पर्धा गर्ने छन्।
बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं, वैशाख १२ : एएसबीसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार उज्वेकिस्तानको अस्ताना प्रस्थान गरेको छ।

अप्रिल २७ देखि मे ८ तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। पुरुषको ४८ केजीमा लालप्रसाद उप्रेतीले प्रतिस्पर्धा गर्ने छन्।

Hardik ivf

महिलाको ४८ केजीमा सुष्मा तामाङ तथा ५० केजीमा रमिशा श्रेष्ठले खेल्ने नेपाल बक्सिङ महासंघका महासचिव मनबहादुर भण्डारीले जनाएका छन्। सुष्माले थाइल्यान्डमा भएको गत संस्करणमा रजत जित्दै इतिहास रचेकी थिइन्।

नेपाल बक्सिङको इतिहासमा सुष्माले जितेको रजत एसियालीस्तरमा नेपालले प्राप्त गरेको एक मात्र पदक हो।

प्रशिक्षकमा आइबा वान स्टार सुजित पुन मगर तथा निर्णायकमा आइबा २ स्टार आरजे धनकुमार मैनाली छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए।

प्रकाशित मिति: २१:११ बजे, बुधबार, वैशाख १२, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्