Kathmandu Press

कोरोनाभाइरसबाट विश्वभरि २१ हजार २९३ को मृत्यु, इटाली र स्पेनमा भयावह स्थिति

जेनेभा, चैत १३ : विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबारसम्म विश्वका विभिन्न देशमा गरी २१ हजार २९३ जनाको मृत्यु भएको ....

कोरोनाभाइरसबाट विश्वभरि २१ हजार २९३ को मृत्यु, इटाली र स्पेनमा भयावह स्थिति

जेनेभा, चैत १३ : विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबारसम्म विश्वका विभिन्न देशमा गरी २१ हजार २९३ जनाको मृत्यु भएको छ। 

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संसारभरि चार लाख ७१ हजार ३११ जना कोरोना भाइरसबाट सङ्क्रमित छन्। 

Hardik ivf

सङ्क्रमित व्यक्ति मध्ये एक लाख १४ हजार ६४२ जना उपचारपछि घर फर्किएका छन् भने तीन लाख ३५ हजार ३७१ व्यक्ति हाल उपचारारत छन्।

चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ।  यद्यपी इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ। 

हाल कोरोना भाइरसका कारण अति प्रभावित इटालीमा हालसम्म सात हजार ५०३ जनाको मृत्यु भएको छ। ७४ हजार ३८६ जना सङक्रमित रहेका छन् भने नौ  हजार ३६२ व्यक्ति उपचारपछि घर फर्किएका छन्। 

बिहीबारसम्म सङ्क्रमित मात्र देशहरुमा नेपाल, म्यानमार काजाकिस्तान, माली, चाड, भुटान, लिबिया, सिरिया, पपुवा न्यु गिनी, अङ्गोला, फिजी, हाइटी आदि रहेका छन्। 

प्रकाशित मिति: ११:५४ बजे, बिहीबार, चैत १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्