Kathmandu Press

नेपालविरुद्ध खेल्ने वेस्टइन्डिजको टिम घोषणा, रोस्टन चेस, आन्द्रे फ्लेचरदेखि फाबियन एलेनसम्म

नेपालमा हुने ५ खेलको सिरिजका लागि वेस्टइन्डिजले थुप्रै अनुभवी र केही युवा खेलाडीलाई समेट्दै बलियो टिम घोषणा गरेको छ।
नेपालविरुद्ध खेल्ने वेस्टइन्डिजको टिम घोषणा, रोस्टन चेस, आन्द्रे फ्लेचरदेखि फाबियन एलेनसम्म

काठमाडाैं, वैशाख ११ : नेपालविरुद्धको टि–२० सिरिजको लागि वेस्टइन्डिजले आफ्नो ए टिमको घोषणा गरेको छ। नेपालमा हुने ५ खेलको सिरिजका लागि वेस्टइन्डिजले थुप्रै अनुभवी र केही युवा खेलाडीलाई समेट्दै बलियो टिम घोषणा गरेको छ।

वेस्टइन्डिज एको कप्तानी अनुभावी रोस्टन चेसले गर्नेछन्। उनले वेस्टइन्डिजका लागि ४९ टेस्ट, ४५ एकदिवसी र ११ टि–२० आई खलेका छन्।

Hardik ivf

यस्तै, टिममा आन्द्रे फ्लेचर, जोन्सन चार्ल्स, फाबियन ऐलेन, किमो पल, हैडेन वाल्स, ओबेड म्याकोएजस्ता अनुभवी खेलाडी छन्। फ्लेचर र चार्ल्स वेस्टइन्डिजको विश्वकप विजेता टिमका सदस्य पनि हुन्। वेस्टइन्डिजको टिममा सिनियर टिमबाट नखेलेका ४ खेलाडीमात्र छन्।

नेपाल भ्रमणका क्रममा वेस्टइन्डिज ए ले टियू मैदानमा ५ खेलको टि–२० सिरिज खेल्ने छ। सिरिजको पहिलो खेल वैशख १५ गते हुनेछ। वैशाख १६मा दोस्रो, वैशाख १९मा तेस्रो, वैशाख २०मा चौथो र वैशाख २२ मा अन्तिम खेल हुने तालिका छ।

आसन्न टि–२० विश्वकपको तयारीका लागि क्यानले वेस्टइन्डिज एसँगको सिरिज आयोजना गरेको हो।

वेस्टइन्डिज टिम : रोस्टन चेस (कप्तान), एलिक एथानज, फाबियन एलेन, कादिम एलेयन, जोशुआ विशप, केसी कार्टी, जोन्सन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेड म्याकोए, गुडाकेश मोती, किमो पल, ओशाने थोमस, हैडेन वाल्स।

प्रकाशित मिति: १६:०० बजे, मंगलबार, वैशाख ११, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्