Kathmandu Press

इंग्लिस प्रिमियर लिगमा लिभरपुल विजयी 

लिगमा ३३ खेल सकिँदा आर्सनल र लिभरपुल दुबैले ७४ अंक बनाएका छन् भने एक खेल कम खेलेको म्यान्चेष्टर सिटी ७३ अंकसहित तेस्रो स्थानमा छ । फुलह्यामको मैदानमा भएको खेलमा लिभरपुलले घरेलु टोलीलाई ३–१ ले हरायो ।
इंग्लिस प्रिमियर लिगमा लिभरपुल विजयी 

काठमाडौं, वैशाख १० : इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल र आर्सनल विजयी भएका छन् । उपाधिको होडमा रहेका दुबै टिमले जित हात पारेपछि शीर्ष स्थानको भिडन्त रोचक बनेको छ ।

लिगमा ३३ खेल सकिँदा आर्सनल र लिभरपुल दुबैले ७४ अंक बनाएका छन् भने एक खेल कम खेलेको म्यान्चेष्टर सिटी ७३ अंकसहित तेस्रो स्थानमा छ । फुलह्यामको मैदानमा भएको खेलमा लिभरपुलले घरेलु टोलीलाई ३–१ ले हरायो । खेलको ३२औं मिनेटमा ट्रेन्ट अलेक्सान्दर आर्नोल्डले लिभरपुललाई आग्रता दिलाएका थिए । तर, इञ्ज्युरी समयमा टिमोटी कास्टाग्नेले गोल गर्दै पहिलो हाफअघि खेल बराबरीमा पु¥याए । 

Hardik ivf

दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको लिभरपुलका लागि ५३औं मिनेटमा रायन ग्राभेनबर्च र ७२औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई उपाधिको होडमा मजबुत बनाए । अर्को खेलमा आर्सनलले उल्भ्सलाई २–० ले पराजित गर्‍यो ।

लियनार्दो ट्रोसार्डले ४५औं मिनेटमा र मार्टिन ओडेगार्डले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गर्दा आर्सनल विजयी भयो ।
 

प्रकाशित मिति: ०८:११ बजे, सोमबार, वैशाख १०, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्