Kathmandu Press

बार्सिलोनालाई हराउँदै रियल मड्रिड ल लिगा उपाधि नजिक

प्रतिष्पर्धात्मक खेलको छैटौं मिनेटमा आन्द्रे क्रिष्टिन्सनले छैटौं मिनेटमै गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले राफिन्हाको कर्नर सटलाई हेडरमार्फत गोलमा परिणत गरे ।
बार्सिलोनालाई हराउँदै रियल मड्रिड ल लिगा उपाधि नजिक

काठमाडौं, वैशाख १० : सिजनको दोस्रो एल क्लासिकोमा रियल मड्रिडविजयी भएको छ । सान्टियागो बर्नाबाउमा भएको खेलमा जुड बेलिङघमले इञ्ज्युरी समयमा गरेको गोल निर्णायक बन्दा रियलले बार्सिलोनालाई ३–२ ले हरायो ।

प्रतिष्पर्धात्मक खेलको छैटौं मिनेटमा आन्द्रे क्रिष्टिन्सनले छैटौं मिनेटमै गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। उनले राफिन्हाको कर्नर सटलाई हेडरमार्फत गोलमा परिणत गरे । तर, १८औं मिनेटमा रियलले पाएको पेनाल्टीलाई भिनिसियस जुनियरले गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए । लुकास भाज्क्वेजलाई डिबक्सभित्र फल गरेपछि रियलले पेनाल्टी पाएको थियो।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको ६९औं मिनेटमा फर्मिन लोपेजले गोल गर्दै फेरी बार्सिलोनालाई अग्रता दिलाए । तर, त्यो अग्रता चार मिनेटभन्दा बढी टिक्न सकेन । ७३औं मिनेटमा लुकास भाज्क्वेजले गोल गर्दा खेल २–२ गोलको बराबरीमा पुग्यो ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा बेलिङघमले गोल गर्दै रियललाई महत्वपूर्ण जित दिलाए।

जितसँगै रियलले ३२ खेलाबाट ८१ अंक जोड्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ। समान खेलबाट बार्सिलोना ७० अंकसहित दोस्रो स्थानमा छ ।
 

प्रकाशित मिति: ०८:०८ बजे, सोमबार, वैशाख १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्