Kathmandu Press

आईपीएल क्रिकेटमा हैदराबादले दिल्लीलाई ६७ रनले हरायो

हैदराबादले दिएको दुई सय ६७ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभर एक बलमा सबै विकेट गुमाएर एक सय ९९ रन मात्रै बनाउन सक्यो ।
आईपीएल क्रिकेटमा हैदराबादले दिल्लीलाई ६७ रनले हरायो

काठमाडौं, वैशाख ९ : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ६७ रनले पराजित गरेको छ । 

हैदराबादले दिएको दुई सय ६७ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभर एक बलमा सबै विकेट गुमाएर एक सय ९९ रन मात्रै बनाउन सक्यो ।

Hardik ivf

यसअघि दिल्लीमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय ६६ रन बनाएको थियो । सात खेलमा पाँचवटा जितेर १० अङ्क बनाएको हैदराबाद अङ्क तालिकाको दोस्रो स्थानमा छ । आठ खेलमा तीनवटा जितेको दिल्ली सातौं स्थानमा छ ।

शीर्षस्थानको राजस्थान रोयल्सको १२ अङ्क छ । आईपीएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । दिउँसो पौने ४ बजे हुने खेलमा कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैङ्गलुरु तथा बेलुका पौने ८ बजे पञ्जाब किंग्स र गुजरात टाईटन्स खेल्नेछन् ।  

प्रकाशित मिति: ०७:५१ बजे, आइतबार, वैशाख ९, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्