Kathmandu Press

नेपाल हङकङसँग पराजित, इमर्जिङ कपमा छनोट हुन सकेन

शनिबार भएको तेस्रो स्थानको प्लेअफमा नेपाल हङकङसँग ४ विकेटले पराजित भयो। यो हारसँगै तेस्रो हुँदै इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपालको लक्ष्य पनि पुरा हुन सकेन।
नेपाल हङकङसँग पराजित, इमर्जिङ कपमा छनोट हुन सकेन

काठमाडाैं, वैशाख ८ : एसिसी प्रिमियर कपको उपाधि रक्षा लगातार दोस्रो पटक एसिया कप खेल्ने लक्ष्यसहित ओमान पुगेको नेपाली क्रिकेट टिम तेस्रो स्थानको प्लेअफमा पनि पराजित भएको छ।

शनिबार भएको तेस्रो स्थानको प्लेअफमा नेपाल हङकङसँग ४ विकेटले पराजित भयो। यो हारसँगै तेस्रो हुँदै इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपालको लक्ष्य पनि पुरा हुन सकेन। नेपाललाई हराउँदै हङकङ इमर्जिङ कपमा छनोट भएको छ।

नेपालले दिएको १४० रनको मध्यम लक्ष्य हङकङले ३ बल बाँकी छँदा ६ विकेटको क्षतिमा भेट्टायो। हङलाई जित दिलाउने क्रममा अंशुमन रथले अर्धशतकीय इनिङ खेले। उनले ५० बलमा ४ चौका र २ छक्का प्रहार गर्दै नटआउट ६५ रन बनाए।

Hardik ivf

यस्तै, बाबर हायतले २५ बलमा २६ रन बनाउँदा अइजाज खानले १२ र नर्सुलाल रानाले ११ रनको योगदान दिए।

बलिङमा नेपालका सोमपाल कामीले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट फिनिसिङ गरेपछि निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १३९ रन बनायो।

नेपालको माथिल्लो र मध्यक्रम पुनः एक पटक धरासायी भयो। तर, दीपेन्द्रले अन्तिममा उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले प्रतिस्पर्धात्मक स्कोर बनायो। दीपेन्द्रले २९ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै नटआउट ४४ रन बनाए। उनले अन्तिम ओरभमा मात्रै २० रन बनाएका थिए।

फेरि एक पटक नेपालका ओपनरहरु फ्लप भए। कुशल भुर्तेल इनिङको दोस्रो बलमा डक आउट भए भने आसिफ सेखले ५ रन मात्र बनाउन सके। कशुल लागतार तेस्रो खेलमा डक आउट भएका हुन्।

तेस्रो नम्बरमा आएका सोमपाल कामीले ७ बलमा १२ रन बनाए भने त्यसपछि कप्तान रोहित पौडेल र सन्दीप जोराले नेपालको इनिङ सम्हाल्ने प्रयास गरे। रोहितले १९ बलमा २१ रन बनाएर आउट भए। त्यसपछि आएका कुशल मल्लले १३ रन मात्र बनाउन सके।

सन्दीप २३ बलमा २२ रन बनाएर आउट हुँदा नेपाल ८७–६को अवस्थामा थियो। १४औं ओभरमा सन्दीप र गुल्सन झालाई लगतार बलमा रनआउटमा गुमाउँदा नेपाल दबामा आएको थियो। त्यसपछि आएका करण केसीले ३ रन मात्र बनाउन सके। ललित राजवंशी २ रन बनाएर नटआउट रहे।

बलिङमा हङकङका आयुष शुक्लाले ३ तथा अतिक इक्वाल, यासिम मुर्ताजा र इशान खानले समान १ विकेट लिए।

 

प्रकाशित मिति: १९:४३ बजे, शनिबार, वैशाख ८, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्