Kathmandu Press

सेल्फ क्वारेनटाइनको समय सदुपयोग गर्न नेपाली कलाकारका टिप्स

काठमाडौं, चैत १२ : कोरनाभाइरसको संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउनको समयलाई अधिकतम सदुपयोग गर्न नेपाली कलाकारहरुले विभिन्न टिप्स दिएका छन्।

सेल्फ क्वारेनटाइनको समय सदुपयोग गर्न नेपाली कलाकारका टिप्स

काठमाडौं, चैत १२ : कोरनाभाइरसको संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउनको समयलाई अधिकतम सदुपयोग गर्न नेपाली कलाकारहरुले विभिन्न टिप्स दिएका छन्।

सेल्फ क्वारेनटाइनमा बसिरहेकी नायिका सुरक्षा पन्तले घर बस्दा जीवन जीउने कला हेर्न भन्दै एक विदेशी भिडियो सामाजिक संजालमा शेयर गरेकी छिन्। जसमा घरेलु कपडामा फुल भर्न सिकाउनुको साथै घरको हजुर आमालाई कसरी स्याहार गर्न सकिन्छ भन्ने कुरा उल्लेख छ। 

Hardik ivf

उनको सुझावलाई धेरैले सकरात्मक प्रतिक्रिया दिएका छन् ।

नायिका करिश्मा मानन्धरले क्वारेन्टाइनको समयलाई योग गरी आफूलाई सकरात्मक राख्न सकिने बताएकी छिन् । उनले भनेकी छिन्, 'चुम्बकको दुई धुर्व हुन्छन् नेगेटिभ र पोजेटिभ ती दुवैको समान अस्तित्व भएकाले चुम्बकले सम्पूर्णता पाएको छ।’

गायक दीपक बज्रचार्यले फेसबुक र युट्युबमार्फत लाइभ गर्दै सांगितिक प्रस्तुती दिएका छन्। उनले आफ्नो ब्याण्ड सदस्यसँग एक सातादेखि सेल्फ क्वारेनटाइनमा रहेको बताउँदै सबैलाई यस समयमा धैर्यधारण हुन आग्रह गरेका छन् ।

यस्तो दुखद समयमा दर्शकलाई थोरै भएपनि मनोरञ्जन प्रदान गर्ने प्रयास गरेको उनले बताएका छन्। 

प्रकाशित मिति: १७:४७ बजे, बुधबार, चैत १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्