Kathmandu Press

दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

नेपालको माथिल्लो र मध्यक्रम पुनः एक पटक धरासायी भयो। तर, दीपेन्द्रले अन्तिममा उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले प्रतिस्पर्धात्मक स्कोर बनायो।
दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

काठमाडाैं, वैशाख ८ : पुनः एक पटक दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ। एसिसी प्रिमियर कपको तेस्रो स्थानको प्लेअफमा नेपालले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १३९ रन बनायो।

नेपालको माथिल्लो र मध्यक्रम पुनः एक पटक धरासायी भयो। तर, दीपेन्द्रले अन्तिममा उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले प्रतिस्पर्धात्मक स्कोर बनायो। दीपेन्द्रले २९ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै नटआउट ४४ रन बनाए। उनले अन्तिम ओरभमा मात्रै २० रन बनाएका थिए।

Hardik ivf

फेरि एक पटक नेपालका ओपनरहरु फ्लप भए। कुशल भुर्तेल इनिङको दोस्रो बलमा डक आउट भए भने आसिफ सेखले ५ रन मात्र बनाउन सके। कशुल लागतार तेस्रो खेलमा डक आउट भएका हुन्।

तेस्रो नम्बरमा आएका सोमपाल कामीले ७ बलमा १२ रन बनाए भने त्यसपछि कप्तान रोहित पौडेल र सन्दीप जोराले नेपालको इनिङ सम्हाल्ने प्रयास गरे। रोहितले १९ बलमा २१ रन बनाएर आउट भए। त्यसपछि आएका कुशल मल्लले १३ रन मात्र बनाउन सके।

सन्दीप २३ बलमा २२ रन बनाएर आउट हुँदा नेपाल ८७–६को अवस्थामा थियो। १४औं ओभरमा सन्दीप र गुल्सन झालाई लगतार बलमा रनआउटमा गुमाउँदा नेपाल दबामा आएको थियो। त्यसपछि आएका करण केसीले ३ रन मात्र बनाउन सके। ललित राजवंशी २ रन बनाएर नटआउट रहे।

बलिङमा हङकङका आयुष शुक्लाले ३ तथा अतिक इक्वाल, यासिम मुर्ताजा र इशान खानले समान १ विकेट लिए।

प्रकाशित मिति: १८:०३ बजे, शनिबार, वैशाख ८, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्