Kathmandu Press

६ नेपाली महिला क्रिकेटरले मलेसियामा लिग खेल्ने

नेपाली महिला टिमकी कप्तान इन्दू बर्मा, पूर्वकप्तान रुविना क्षेत्री, सीता रानामगर, पुजा महतो, कविता कुँवर र अस्मिना कर्माचार्यले मलेसियामा अयोजना हुन लागेको ‘मलेसियन सुपर वुमन्स कप–२०२४’ खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
६ नेपाली महिला क्रिकेटरले मलेसियामा लिग खेल्ने

काडमाडौं, वैशाख ८ : नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ सदस्यले मलेसियामा क्रिकेट लिग खेल्ने भएका छन्।

नेपाली महिला टिमकी कप्तान इन्दू बर्मा, पूर्वकप्तान रुविना क्षेत्री, सीता रानामगर, पुजा महतो, कविता कुँवर र अस्मिना कर्माचार्यले मलेसियामा अयोजना हुन लागेको ‘मलेसियन सुपर वुमन्स कप–२०२४’ खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

Hardik ivf

रुविना र सीताबाहेक अन्य चारले पहिलो पटक विदेशमा व्यवसायिक क्रिकेट खेल्न लागेका हुन्। रुविना र सीताले हङकङमा हुन महिला लिग खेल्दै आएका छन्।

मलेसिया क्रिकेट एसोसिएसनले आयोजना गर्न लागेको प्रतियोगिता २४ अप्रिलबाट सुरु भइ ५ मेसम्म चल्नेछ।

प्रकाशित मिति: १३:४७ बजे, शनिबार, वैशाख ८, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्