Kathmandu Press

नेपालले आज तेस्रो स्थानका लागि हङकङसँग खेल्दै

नेपाल र युएई दुवै शुक्रबार भएको सेमिफाइनलमा पराजित भएपछि तेस्रो स्थानका लागि भीड्न लागेका हुन्।
नेपालले आज तेस्रो स्थानका लागि हङकङसँग खेल्दै

काठमाडौं, वैशाख ८ : ओमानमा जारी एसिसी प्रिमियर कपमा आज नेपालले हङकङसँग खेल्ने भएको छ। खेल ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा नेपाली समयअनुसार अपरान्ह ४ः१५ बजे सुरु हुनेछ।

नेपाल र युएई दुवै शुक्रबार भएको सेमिफाइनलमा पराजित भएपछि तेस्रो स्थानका लागि भीड्न लागेका हुन्। सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको थियो भने हङकङ भने ओमानसँग ५ विकेटले पराजित भएको थियो।

Hardik ivf

युएईसँग पराजित भएपछि लागतार दोस्रो पटक एसिया कप खेल्ने नेपालको सपना पुरा नभएपछि तेस्रो स्थानको खेल पनि महत्पूर्ण छ। आज हङकङलाई हराए नेपालले इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छ।

एसिसी प्रिमियर कपका शीर्ष तीन टिमसटि इमर्जिङ टिम्स एसिया कपममा टेस्ट राष्ट्रका यू–२३ टिम सहभागी हुनेछ।

प्रतियोगितामा नेपालले समूहका सबै खेल जितेको थियो । जसमा नेपालले हङकङलाई ८ विकेटले हराएको थियो।

प्रकाशित मिति: ०९:५९ बजे, शनिबार, वैशाख ८, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्