Kathmandu Press

कोरोनाबाट भारतमा पाँच सय १२ जना सङ्क्रमित  

नयाँदिल्ली, चैत १२ : विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण भारतमा बुधबारसम्म पाँच सय १२ जना सङ्क्रमित भएका छन्। 

कोरोनाबाट भारतमा पाँच सय १२ जना सङ्क्रमित  

नयाँदिल्ली, चैत १२ : विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण भारतमा बुधबारसम्म पाँच सय १२ जना सङ्क्रमित भएका छन्। 

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार सङ्क्रमित मध्ये ४० जना उपचारपछि घर फर्किएका छन्।

कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म भारतमा ९ व्यक्तिको मृत्यु भइसकेको छ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नरेन्द्र मोदीले मंगलबार साँझ लकडाउनको घोषणा गरेका थिए। आफ्नो सुरक्षाका निम्ति घरबाहिर ननिस्कन मोदीले भारतीय नागरिकलाई आह्वान गरेका हुन्।

गएको मध्यरातबाट लागु भएको यो बन्देज आगामी २१ दिनसम्म जारी रहने मोदीले बताएका छन्।

प्रकाशित मिति: १६:१० बजे, बुधबार, चैत १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्