Kathmandu Press

नेपाल युएईसँग ६ विकेटले पराजित, दोस्रो पटक एसिया कप खेल्ने सपना अधुरै

ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा नेपाल युएईसँग ६ विकेटले पराजित भयो।
नेपाल युएईसँग ६ विकेटले पराजित, दोस्रो पटक एसिया कप खेल्ने सपना अधुरै
Hardik ivfHardik ivf

काठमडाैं, वैशाख ७ : डिफेन्डिङ च्याम्पियन नेपाल एसिसी प्रियिमर कपको सेमिफाइनलबाटै बाहिरएको छ। ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा नेपाल युएईसँग ६ विकेटले पराजित भयो।

यो हारसँगै नेपालको लागतार दोस्रो पटक एसिया कप खेल्ने सपना अधुरै भएको छ। अघिल्लो वर्ष युएईलाई नै फाइनलमा हराउँदै नेपाल एसिया कपमा छनोट भएको थियो।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको १२० रनको सामान्य लक्ष्य युएईले १७.२ ओभरमा ४ विकेट गुमाएर भेट्टयो। उसका लागि अलिसान सरफूले अर्धशतक बनाए। उनले ४१ बलमा ४ चौका र २ छक्का मद्दतमा ५५ रन बनाए।

यस्तै, विष्णु सुकुमारनले २८ बलमा २८, सेयद हैदरले १४, मुहम्मद वासिमले ११ र आसिफ खानले १० रन बनाए।

बलिङमा नेपालका गुल्सन झाले २ तथा सोमपाल कामी र ललित राजवंशीले समान १ विकेट लिए।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले खराब ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा ११९ रन मात्र बनाउन सक्यो। नेपालका लागि तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा स्कोर बनाउन सके।

सन्दीप जोराले ४० बलमा ४ चौका र २ छक्का मद्दतमा सार्वधिक ५० रन बनाए। यस्तै, गुल्सन झाले १६ बलमा समान १ चौका र छक्का मद्दतमा २० र करण केसीले १२ बलमा २ छक्का प्रहार गर्दै १७ रन बनाए।

नेपालले पहिलो बलमै ओनपर कुलश भुर्तेललाई गुमाएको थियो। त्यसपछि लगातार विकेट गुमाउँदा नेपाल दबामा आएको थियो। माथिल्लो र मिडलअर्डरका ब्याट्सम्यानले सन्दीपलाई गतिलो साथ नदिँदा प्रतिस्पर्धात्क लक्ष्य दिन सकेन।

नेपालका आशा गरिएका ब्याट्सम्यानहरु आसिफ सेख ८, रोहितकुमार पोडेल र दीपेन्द्रसिंह ऐरी समान ५ तथा कुशल मल्ल ३ रनमै आउट भए।

नेपालको इनिङ धरासायी बनाउने क्रममा युएईका जुनैद सिद्दिकी, अलि नासर र बासिल हमिदले समान २ विकेट लिए।

प्रकाशित मिति: १५:०१ बजे, शुक्रबार, वैशाख ७, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्