Kathmandu Press

नेपालको खराब ब्याटिङ, युएईलाई दियो १२० रनको झिनो लक्ष्य

अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा युएईविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा ११९ रन मात्र बनाउन सक्यो।
नेपालको खराब ब्याटिङ, युएईलाई दियो १२० रनको झिनो लक्ष्य
Hardik ivfHardik ivf

काठमाडाैं, वैशाख ७ : ओमानमा जारी एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले खराब ब्याटिङ गरेको छ। अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा युएईविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा ११९ रन मात्र बनाउन सक्यो।

नेपालका लागि तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा स्कोर बनाउन सके। सन्दीप जोराले ४० बलमा ४ चौका र २ छक्का मद्दतमा सार्वधिक ५० रन बनाए। यस्तै, गुल्सन झाले १६ बलमा समान १ चौका र छक्का मद्दतमा २० र करण केसीले १२ बलमा २ छक्का प्रहार गर्दै १७ रन बनाए।

नेपालले पहिलो बलमै ओनपर कुलश भुर्तेललाई गुमाएको थियो। त्यसपछि लगातार विकेट गुमाउँदा नेपाल दबामा आएको थियो। माथिल्लो र मिडलअर्डरका ब्याट्सम्यानले सन्दीपलाई गतिलो साथ नदिँदा प्रतिस्पर्धात्क लक्ष्य दिन सकेन।

नेपालका आशा गरिएका ब्याट्सम्यानहरु आसिफ सेख ८, रोहितकुमार पोडेल र दीपेन्द्रसिंह ऐरी समान ५ तथा कुशल मल्ल ३ रनमै आउट भए।

नेपालको इनिङ धरासायी बनाउने क्रममा युएईका जुनैद सिद्दिकी, अलि नासर र बासिल हमिदले समान २ विकेट लिए।

प्रकाशित मिति: १३:३२ बजे, शुक्रबार, वैशाख ७, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्