Kathmandu Press

दीपेन्द्र र कुशल पनि आउट, नेपाल ८०–६को दबाबपूर्ण अवस्थामा

अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १४.४ ओभरको समाप्तिमा ८०–६को दबाबपूर्ण अवस्थामा छ।
दीपेन्द्र र कुशल पनि आउट, नेपाल ८०–६को दबाबपूर्ण अवस्थामा

काठमाडाैं, वैशाख ७ : ओमानमा जारी एसिसी प्रिमियर कपको सेमिफाइनलमा युएईविरुद्ध नेपालले खराब ब्याटिङ प्रदर्शन गरिरहेको छ। अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १४.४ ओभरको समाप्तिमा ८०–६को दबाबपूर्ण अवस्थामा छ।

एक इन्डबाट सन्दीप जोराले इनिङ सम्हालिरहेपछि अर्को इन्डबाट लागतार विकेट झरिरहेको छ। पावर प्लेमै आफ्ना दुवै ओपनर गुमाएको नेपालले लगत्तै कप्तान रोहितकुमार पौडेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीलाई गुमायो। दीपेन्द्र आउट भएकै अर्को ओभरमा सन्दीप पनि आउट भएपछि नेपाल झन दबामा परेको छ।

सन्दीप अर्धशतक बनाएलगत्तै आउट भए। उनले ४० बलमा ४ चौका र २ छक्का प्रहार गरे। अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकका स्कार बनाउन सकेका छैनन। रोतिह र दीेपेन्द्रले समान ५ रन बनाए भने आसिफ सेखले ८ रन बनाए। कुशल भुर्तेल पहिलो बलमै आउट हुँदा कुशल मल्लले ३ रन मात्र बनाउन सके।

ओमानका लागि बासिल हमिदले २ तथा जुनैद सिद्दिकी, ओमिद रहमान, अली नासर, आयन खान र मोहमम्द फारुखले समान १ विकेट लिए।

प्रकाशित मिति: १३:०३ बजे, शुक्रबार, वैशाख ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्