Kathmandu Press

कप्तान रोहित पनि आउट, नेपाल ३८–३को अवस्थामा

नेपालले तेस्रो विकेटका रुपमा रोतिहलाई सातौं ओभरको अन्तिम बलमा गुमायो। रोहित आउट हुँदा नेपाल ७ ओभरमा ३८–३को अवस्थामा छ।
कप्तान रोहित पनि आउट, नेपाल ३८–३को अवस्थामा
Hardik ivfHardik ivf

काठमाडाैं, वैशाख ७ : पावर प्लेमै दुवै ओपनरलाई गुमाएको नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा युएईविरुद्ध लगत्तै अर्को ओपनरमा कप्तान रोहितकुमार पौडेललाई पनि गुमाएपछि झन दबाबमा आएको छ।

नेपालले तेस्रो विकेटका रुपमा रोतिहलाई सातौं ओभरको अन्तिम बलमा गुमायो। रोहित आउट हुँदा नेपाल ७ ओभरमा ३८–३को अवस्थामा छ। रोहिले १८ बलमा ५ रन मात्र बनाउन सके। उनलाई अली नासरले विकेट किपरबाट क्याच आउट गराए।

अल अमेरात क्रिकेट मैदानमा जारी खेल युएईविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेपालले पहिलो बलमै ओपनर कुशल भुर्तेल जुनैद सिद्दिकीको बलमा गोल्डेन डक भएका थिए। त्यसपछि चौथो ओभरको तेस्रो बलमा अर्का ओपनर आसिफ सेख सिद्दिकीकै बलमा एलबिडब्लु आउट भए।

ताज अवस्थामा ८ ओभरको समाप्तिमा नेपाल ४५–३को अवस्थामा छन्। सन्दीप जोरा १७ बलमा २८ रन बनाएर खेलिरहेका छन् भने कुशल मल्ला १ रन बनाएर सन्दीपलाई साथ दिइरहेका छन्।

प्रकाशित मिति: १२:३३ बजे, शुक्रबार, वैशाख ७, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्