एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले यूएईसँग खेल्ने
यस्तै अर्को सेमिफाइनलमा ओमान र हङकङबीच खेल हुनेछ । नेपाल र यूएईबीचको पहिलो सेमिफाइनल भोलि बिहान पौने १२ बजे र ओमान र हङकङबीचको खेल भोलि दिउँसो सवा ४ बजे हुनेछ ।
काठमाडौं, वैशाख ६ : एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले यूएईसँग खेल्ने भएको छ । गएको संस्करणमा फाइनलमा प्रतिस्पर्धा गरेका नेपाल र यूएईले यो पटक सेमिफाइनलमै खेल्ने भएका हुन् । नेपाल साविकको विजेता टोली हो ।
यस्तै अर्को सेमिफाइनलमा ओमान र हङकङबीच खेल हुनेछ । नेपाल र यूएईबीचको पहिलो सेमिफाइनल भोलि बिहान पौने १२ बजे र ओमान र हङकङबीचको खेल भोलि दिउँसो सवा ४ बजे हुनेछ ।
विजेता टोली फाइनलमा पुग्नेछन् । तेस्रो स्थानको खेल पर्सि शनिवार र फाइनल खेल आइतवार हुनेछ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ ।
प्रकाशित मिति: ०८:४३ बजे, बिहीबार, वैशाख ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












