Kathmandu Press

साउदीले दियो नेपाललाई ७४ रनको लक्ष्य

वर्षाले प्रभावित बनेपछि ८ ओभरमा झारिएको खेलमा पहिला ब्याटिङ गरेको साउदीले ७ विकेटको क्षतिमा ७३ रन बनायो।
साउदीले दियो नेपाललाई ७४ रनको लक्ष्य
Hardik ivfHardik ivf

काठमाडाैं, वैशाख ५ : ओमानमा जारी एसिसी प्रिमियर कपको समूहको अन्तिम खेलमा नेपालले जितका लागि ७४ रनको लक्ष्य पाएकोृ छ।

वर्षाले प्रभावित बनेपछि ८ ओभरमा झारिएको खेलमा पहिला ब्याटिङ गरेको साउदीले ७ विकेटको क्षतिमा ७३ रन बनायो।

उसका लागि अब्दुल वाहीदले १६ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ३७ रन बनाउँदा अन्यले दोाहोरो अंकमा स्कोर बनाउन सकेनन्।

बलिङमा नेपालका करण केसी र अविनाश बोहराले समान २ विकेट लिए भने ललित राजवंशी र प्रतिश जिसीले समान १ विकेट लिए।

प्रकाशित मिति: १५:०५ बजे, बुधबार, वैशाख ५, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्