ओस्कर अवार्डमा ‘ग्रिन बुक’ सर्वोत्कृष्ट
काठमाडौं, फागुन १३ : विवादास्पद हलिउड फिल्म ‘ग्रिन बुक’ले यस वर्षको ओस्कर अवार्ड जितेको छ ।
नागरिक अधिकारको पक्षमा लेखिएको &lsqu....

काठमाडौं, फागुन १३ : विवादास्पद हलिउड फिल्म ‘ग्रिन बुक’ले यस वर्षको ओस्कर अवार्ड जितेको छ ।
नागरिक अधिकारको पक्षमा लेखिएको ‘ग्रिन बुक’ सर्वोत्कृष्ट फिल्म बनेको हो । यसमा सन् १९६० को दशकमा संयुक्तराज्य अमेरिकाको दक्षिण क्षेत्रमा बसोबास गर्ने एकजना गोरा ड्राइभर र काला जातिका पियानो बादकबीचको प्रेमसम्बन्धलाई कथावस्तु बनाइएको छ । निर्देशनका लागि ओस्कर अवार्ड जितेका अल्फोन्सो कुरानको फिल्म ‘रोमा’ लाई उछिन्दै ‘ग्रिन बुक’ले अवार्ड जितेको हो ।
त्यस्तै, ‘ग्रिन बुक’मा पियानोबादकको भूमिकामा रहेका माहेरसाला अलीले उत्कृष्ट सहयोगी पात्र तथा ड्राइभरको भूमिकामा रहेका भिग्गो मोर्टसेनले उत्कृष्ट नायकको पुरस्कार पाए । यस चलचित्रले पाँच वटा विधामा पुरस्कार पाएको छ ।
“यो चलचित्रको पूरै कथावस्तु प्रेमसँग जोडिएको छ । हामीबीच मतान्तर रहेपनि यसमा एकअर्काप्रति स्नेहभाव छ र हामी को हौं भन्ने सत्य उद्घाटित छ । हामी सबै एक हौं,” हलिउडमा आयोजित पुरस्कार वितरण समारोहमा निर्देशक पिटर फारेलीले भने । यसको कथामा समेटिएका शर्ले र लीप दुवै असाध्यै मिल्ने साथी थिए । उनीहरुको सन् २०१३ मा निधन भएको थियो ।
मेक्सिन निर्देशक अल्फन्सो कुरानले ‘रोमा’बाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाए । ‘रोमा’ले निर्देशक, छायांकन र विदेशी भाषाको फिल्ममा अवार्ड उचाल्यो ।
त्यस्तै, अभिनेत्री ओलिभिया कोलम्यानले फिल्म ‘द फेवरेट’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । फिल्म ‘बोहिम्यान ¥याप्सोडी’ले अभिनेता, ध्वनी सम्पादन, फिल्म सम्पादन र ध्वनी मिक्सङ गरी चार विधामा अवार्ड पायो । यो सबैभन्दा धेरै अवार्ड जित्ने फिल्म बन्यो । रामी मालेकले उत्कृष्ट अभिनेताको अवार्ड पाएका हुन् ।
फिल्म ‘ब्लायक प्यान्थर’ले ओरिजिनल स्कोर, कस्ट्युम र प्रोडक्सन डिजाइन गरी तीन विधामा अवार्ड जित्न सफल भएको छ ।
पाँचपटक मनोनयनमा परेपछि बल्ल स्पाइक लीले एडप्टेड पटकथा विधामा ‘ब्ल्याकान्सम्यान’बाट अवार्ड जिते । लेडी गागाले ‘अ स्टार इज बोर्न’बाट उत्कृष्ट ओरजिनल गीत विधामा अवार्ड जितिन् ।












