Kathmandu Press

काेरम नपुग्दा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित

बैठक मंगलबार बिहान साढे १० बजेका लागि डाकिएको थियो। तोकिएको समयभन्दा १५ मिनेट पछिसम्म पनि सांसदहरूकाे कोरम नपुगेपछि बैठक स्थगित गरिएको हो।
काेरम नपुग्दा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित
फाइल तस्बिर
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख ४ : सांसदहरूकाे काेरम नपुग्दा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ ।

बैठक मंगलबार बिहान साढे १० बजेका लागि डाकिएको थियो। तोकिएको समयभन्दा १५ मिनेट पछिसम्म पनि सांसदहरूकाे कोरम नपुगेपछि बैठक स्थगित गरिएको हो।

बैठक सञ्चालनका लागि १४ जना सांसद हुनुपर्नेमा ८ जनाकाे मात्रै उपस्थिति थियाे।  बैठकका लागि उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समयमै पुगेका थिए तर बैठक नहुने भनेपछि उनी बाहिरिएपछि सचिव र कर्मचारीहरू पनि उठेर हिँडे।

आजको बैठकमा सरकारको तर्फबाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरूको विवरण, इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरूको विवरण र अवस्थाको बारेमा छलफल गर्ने कार्यसूची थियो। 

प्रकाशित मिति: १३:३७ बजे, मंगलबार, वैशाख ४, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्