Kathmandu Press

काेरम नपुग्दा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित

बैठक मंगलबार बिहान साढे १० बजेका लागि डाकिएको थियो। तोकिएको समयभन्दा १५ मिनेट पछिसम्म पनि सांसदहरूकाे कोरम नपुगेपछि बैठक स्थगित गरिएको हो।
काेरम नपुग्दा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित
फाइल तस्बिर

काठमाडौं, वैशाख ४ : सांसदहरूकाे काेरम नपुग्दा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ ।

बैठक मंगलबार बिहान साढे १० बजेका लागि डाकिएको थियो। तोकिएको समयभन्दा १५ मिनेट पछिसम्म पनि सांसदहरूकाे कोरम नपुगेपछि बैठक स्थगित गरिएको हो।

Hardik ivf

बैठक सञ्चालनका लागि १४ जना सांसद हुनुपर्नेमा ८ जनाकाे मात्रै उपस्थिति थियाे।  बैठकका लागि उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समयमै पुगेका थिए तर बैठक नहुने भनेपछि उनी बाहिरिएपछि सचिव र कर्मचारीहरू पनि उठेर हिँडे।

आजको बैठकमा सरकारको तर्फबाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरूको विवरण, इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरूको विवरण र अवस्थाको बारेमा छलफल गर्ने कार्यसूची थियो। 

प्रकाशित मिति: १३:३७ बजे, मंगलबार, वैशाख ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्