Kathmandu Press

डोल्पामा खेलकुद मैदान निर्माणमा अनियमितता गरेकाे आरोपमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले सामाजिक विकास कार्यालयका सब–इन्जिनियर मोतीप्रसाद बुढा, कभर्ड हल तथा खेलकुद मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष अभिषेश शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध मुद्दा दर्ता गरेको छ।
डोल्पामा खेलकुद मैदान निर्माणमा अनियमितता गरेकाे आरोपमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, वैशाख ४ : डोल्पामा खेलकुद मैदान निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसहित पाँच जनाविरुद्ध मंगलबार मुद्दा दायर गरिएको हो।

अख्तियारले सामाजिक विकास कार्यालयका सब–इन्जिनियर मोतीप्रसाद बुढा, कभर्ड हल तथा खेलकुद मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष अभिषेश शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध मुद्दा दर्ता गरेको छ।

Hardik ivf

डोल्पाको ठुलीभेरी-३ दुनैमा खेलकुद मैदान निर्माणमा कर्णाली प्रदेश सरकारबाट छुट्याएको रकम उनीहरूले अनियमितता गरेको अख्तियारको दाबी।

निर्माणको काम लागत अनुमान र सम्झौताभन्दा कम गरी ९ लाख ९३ हजार रुपैयाँ अनियमितता गरेको ठहर गरी पाँचै जनालाई साेहीबराबरको बिगो कायम गरी असुलउपर गर्नुपर्ने अख्तियारकाे भनाइ छ।

प्रकाशित मिति: १३:१७ बजे, मंगलबार, वैशाख ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्