चैते दसैंका अवसरमा देवीको पूजा उपासना गरियाे
असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दु धर्मावलम्बीहरुले वर्षमा दुइपटक मनाउने गर्छन्।
काठमाडाैं, वैशाख ४ : चैत शुक्ल अष्टमी अर्थात् चैते दशैंका अवसरमा मंगलबार देवीको पूजा उपासना गरिएको छ।
असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दु धर्मावलम्बीहरुले वर्षमा दुइपटक मनाउने गर्छन्।
असोजमा मनाईंने दशैंलाई बडादशैको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैं मनाइन्छ। यस दिन घरघरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ। वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा वणिर्त छ।
चैते दसैंको दिन काठमाडौंको भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना लगायत देशभरका शक्तिपीठहरुमा दर्शनार्थीको घुइँचो लागेको छ।
प्रकाशित मिति: १२:३३ बजे, मंगलबार, वैशाख ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












