Kathmandu Press

इलाम–२ मा ५४७ मतदाता थपिए

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार सो क्षेत्रमा ५९ हजार १८ जना पुरुष, ५६ हजार आठ सय ६९ र दुई जना तेस्रोलिंगी मतदाता रहेका छन्।
इलाम–२ मा ५४७ मतदाता थपिए

इलाम, वैशाख ४ : वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको संख्या एक लाख १५ हजार आठ सय ८९ हुने भएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार सो क्षेत्रमा ५९ हजार १८ जना पुरुष, ५६ हजार आठ सय ६९ र दुई जना तेस्रोलिंगी मतदाता रहेका छन्।

Hardik ivf

अघिल्लो निर्वाचनमा कायम मतदाता संख्याभन्दा यो पाँच सय ४७ ले बढी हो। अघिल्लो निर्वाचनमा सो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाता थिए ।

इलाम–२ मा छवटा पालिकाका ४२ वटा वडा छन्। सो क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका र देउमाई नगरपालिका पूरै तथा इलाम नगरपालिका ९१० वडाबाहेक० र माई नगरपालिकाका–६, ७ र ८ वडा छन्।

चुलाचुलीमा १८ हजार पाँच सय ४५, माङसेबुङमा १२ हजार पाँच सय ३६, फाकफोकथुममा १६ हजार तीन सय दुई, देउमाईमा २६ हजार तीन सय ६५, इलाममा ९१० वडा बाहेक०  ३४ हजार ४५ र माईका– ६, ७ र ८ वडामा आठ हजार ९६ मतदाता रहेका आयोगले जनाएको छ।

उपनिर्वाचनमा १२ वटा राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। सो क्षेत्रका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वङको गत भदौ २६ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित मिति: १०:५३ बजे, मंगलबार, वैशाख ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्