Kathmandu Press

रूसमा ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौं, चैत १२ : रूसमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकाको जिओलजिकल सर्भेका अनुसार, ७.५ म्याग्निच्युडको भूकम्प गएको हो।

बुधबार रूसको सुदूरप....

रूसमा ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौं, चैत १२ : रूसमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकाको जिओलजिकल सर्भेका अनुसार, ७.५ म्याग्निच्युडको भूकम्प गएको हो।

बुधबार रूसको सुदूरपूर्वि कुरिल टापुनजिकै भूकम्प गएको हो। यसको गहिराइ ५९ किलोमिटर रहेको जनाएको छ। यो जापानको साप्पोरो शहरबाट एक हजार चार सय किलोमिटर टाढा रहेको छ।

स्थानीय समय अनुसार, अपराह्न २ः४० बजे भूकम्प गएको हो। भूकम्प जाँदा ठूलो झड्का दिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्

रूसमा भूकम्पले गरेको क्षतिको विवरण आएको छैन। शक्तिशाली भूकम्प भएकाले थुप्रै क्षति हुनसक्ने अनुमान गरिएका छ।

भूकम्प गएसँग सुनामी आउने चेतावनी दिइएको छ। प्यासिफिक सुनामी वार्निन सेन्टरले एक हजार किलोमिटर प्रतिघन्टाका दरले सुनामी आउन सक्ने चेतावनी दिएको छ।

प्रकाशित मिति: १०:५१ बजे, बुधबार, चैत १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्