Kathmandu Press

टस जितेर हङकङविरूद्ध बलिङ गर्दै नेपाल 

प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजीमा छ। यसअघि खेलेका दुवै खेलमा नेपाल विजयी भएको थियो।
टस जितेर हङकङविरूद्ध बलिङ गर्दै नेपाल 

काठमाडौं, चैत  ३ : एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत टस जितेर हङकङविरूद्ध नेपालल बलिङ रोजेको छ। वर्षा रोकिएपछि खेल सुरू भएको हो। वर्षाका कारण नेपाल र हङकङबीचको खेल एक घन्टाजति प्रभावित बन्याे। 

ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा नेपाली समय अनुसार ११ः४५ बजेदेखि सुरुआत हुने भनिएको उक्त खेल बल्ल सुरू भएको हो। प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजीमा छ। यसअघि खेलेका दुवै खेलमा नेपाल विजयी भएको थियो। नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो। 

आजको खेलमा हङकङलाई हराउन सके नेपाल एक खेल अगावै समूह ‘ए’बाट प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ। यता हङकङ भने दोस्रो जितको खोजीमा रहेको छ । यसअघि खेलेको दुई खेलमा हङकङले एक खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ । 

हङकङले पहिलो खेलमा कतारलाई २६ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा साउदी अरेबियासँग ५५ रनले पराजित भएको थियो।

प्रकाशित मिति: १२:५८ बजे, सोमबार, वैशाख ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्