Kathmandu Press

एकै ओभरमा दीपेन्द्र हाले ६ छक्का हान्दा नेपालले दियाे कतारलाई २११ रनको लक्ष्य

शनिबार अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा दीपेन्द्रसिंह ऐरीले अन्तिम ओभरमा लातार ६ छक्का प्रहार गरेपछि नेपालले ७ विकेटको क्षतिमा २१० रन बनायो।
एकै ओभरमा दीपेन्द्र हाले ६ छक्का हान्दा नेपालले दियाे कतारलाई २११ रनको लक्ष्य

काठमाडाैं, वैशाख १ : ओमानमा जारी एसिसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले कतारलाई २११ रनको विशाल लक्ष्य दिएको छ। शनिबार अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा दीपेन्द्रसिंह ऐरीले अन्तिम ओभरमा लातार ६ छक्का प्रहार गरेपछि नेपालले ७ विकेटको क्षतिमा २१० रन बनायो।

कतारविरुद्धको जारी खेलमा दीपेन्द्रले अन्तिम ओभरमा ६ छक्का प्रहार गरे। योसँगै उनी टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी बने। दीपेन्द्रले अन्तिम ओभरमा ३६ रन बनाए। यो नेपाले एकै ओभरमा बनाएको सर्वाधिक रन हो।

Hardik ivf

दीपेन्द्रले कमरान खानलाई ६ छक्का प्रहार गरेका हुन्। लगातार ६ छक्कासँगै दीपेन्द्रले २१ बलमा ७ छक्का र ३ चौका मद्दतमा ६४ रन बनाए।

पहिला ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रसँगै आसिफ सेखले पनि अर्धशतक बनाए। उनले ४१ बलमा ६ चौका प्रहार गर्दै ५२ रन बनाए। यस्तै, कुशल मल्लले १८ बलमा २ चौका र ३ छक्का मद्दतमा ३५ रनको योगदान दिए।

बलिङमा कतारका मुसावर साह र हिमांसु राथोडले समान ३ विकेट लिए भने अमिर फारुकले १ विकेट लिए।

प्रकाशित मिति: १८:१५ बजे, शनिबार, वैशाख १, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्