Kathmandu Press

‘आर्थिक विकास र समृद्धिको लागि दलगत स्वार्थ र सिमाभन्दा माथि उठेर एकतावद्ध हुनुपर्छ’

नयाँ वर्ष २०८१ सालको अवसरमा नेपालीहरुमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले आर्थिक विकास र समृद्धिको मार्गमा अग्रसर हुनु पर्ने बेला आएको र त्यसका लागि सबै राजनीतिक दल एकतावद्ध हुनुपर्ने बताएका हुन्।
‘आर्थिक विकास र समृद्धिको लागि दलगत स्वार्थ र सिमाभन्दा माथि उठेर एकतावद्ध हुनुपर्छ’

काठमाडौं, वैशाख १ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा आउने राष्ट्रिय चुनौतिहरूको सबै राजनीतिक दलले एकजुट भई दृढ सामना गर्नुपर्नेमा जोड दिएका छन्।

नयाँ वर्ष २०८१ सालको अवसरमा नेपालीहरुमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले आर्थिक विकास र समृद्धिको मार्गमा अग्रसर हुनु पर्ने बेला आएको र त्यसका लागि सबै राजनीतिक दल एकतावद्ध हुनुपर्ने बताएका हुन्।

Hardik ivf

‘एतिहासिक उपलब्धिहरुको रक्षा गरी देशमा सुशासन कायम गर्दै आर्थिक विकास र समृद्धिको मार्गमा अग्रसर हुनु पर्ने बेला आएको छ । यसका लागि सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकायहरु मुलुक, मुलुकवासी र लोकतन्त्रको पक्षमा आ–आफ्ना दलगत स्वार्थ र सिमाभन्दा माथि उठेर एकतावद्ध भई अगाडि बढ्न आवश्यक रहेकाे देउवाले उल्लेख गरेका छन्।

नयाँ वर्ष २०८१ ले नेपालीबीचको एकतालाई अझ बढी मजुबूत र सुदृढ गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरेर आर्थिक, सामाजिक र सांस्कृतिक रुपले समृद्ध नेपाल निर्माण गर्न नयाँ जोश, उत्साह र जाँगर प्रदान गर्न सक्ने सकोस् भन्ने धारणा देउवाको छ।

प्रकाशित मिति: ०९:४५ बजे, शनिबार, वैशाख १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्