समूह विजेता बन्दै बेल्जियम नकआउटमा
लिएन्ड्रो ट्रोसार्डको दुई गोलमा मद्दतमा न्युजिल्यान्डलाई ५–१ ले हराउँदै बेल्जियम समूह जीको विजेताका रुपमा नकआउट पुगेको हो। यसअघि दुवै खेलमा बराबरीमा रोकिएको बेल्जियमको ५ अंकभयो।
काठमाडौं, असार १३ : बेल्जियम समूह विजेताका रुपमा विश्वकपको नकआउटमा पुगेको छ।
लिएन्ड्रो ट्रोसार्डको दुई गोलमा मद्दतमा न्युजिल्यान्डलाई ५–१ ले हराउँदै बेल्जियम समूह जीको विजेताका रुपमा नकआउट पुगेको हो। यसअघि दुवै खेलमा बराबरीमा रोकिएको बेल्जियमको ५ अंकभयो।
भ्यानकुभर स्टेडियममा भएको खेलमा बेल्जियमका लागि ट्रोसार्डसँगै केभिन डे ब्रुएना, रोमेलु लुकाकु र एलेक्सिस सेलेमेकर्सले गोल गरे।
ट्रोसार्डले खेलको २८औं मिनेटमा गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। ५०औं मिनेटमा ट्रोसार्डले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।
केभिन डे ब्रुएनाले ६६औं र लुकाकुले ८६औं मिनेटमा गोल गरे । यस्तै एलेक्सिस सेल्समेकर्सले इन्जुरि टाइमको चौथो मिनेटमा गोल गरे । न्युजिल्यान्डका लागि एलिजा जस्टले ८४औ मिनेटमा एक गोल फर्काए।
प्रकाशित मिति: ११:२६ बजे, शनिबार, असार १३, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार