Kathmandu Press

राजनीतिक स्थिरता सुदृढ बनाउनु यो वर्षको मूल जिम्मेवारी : प्रधानमन्त्री

दाहालले विगत वर्षका अनुभवबाट शिक्षा लिएर नयाँ वर्षमा अझ बढी मेहनतका साथ आ–आफ्ना कार्यक्षेत्रमा खटिई सुशासन, समृद्धि र सामाजिक न्यायका निम्ति समर्पित हुन सबैमा आह्वान पनि गरेका छन्।
राजनीतिक स्थिरता सुदृढ बनाउनु यो वर्षको मूल जिम्मेवारी : प्रधानमन्त्री

काठमाडौं, वैशाख १ : प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समीकरणमा आबद्ध दलहरूको सम्बन्धलाई सुदृढ तुल्याएर सहमति र सहकार्यको संस्कृति एवं राजनीतिक स्थिरता सुदृढ बनाउनु, अर्थतन्त्र बलियो बनाउँदै समृद्धिको बलियो जग बसाउनु वर्ष ०८१ को मूल जिम्मेवारी भएको बताएका छन्।

विक्रम संवत् २०८० पूरा भई नयाँ वर्ष वि.सं. २०८१ प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र प्रगतीको लागि शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु मूल जिम्मेवारी भएको बताएका हुन्।

Hardik ivf

‘सत्ता समीकरणमा आबद्ध दलहरूको सम्बन्धलाई सुदृढ तुल्याउँदै सहमति र सहकार्यको संस्कृति एवं राजनीतिक स्थिरता सुदृढ बनाउनु, अर्थतन्त्र सुधारमा गुणात्मकता प्रदान गर्नु, समृद्धिको बलियो जग बसाउनु, सेवा प्रवाहलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु वि.सं. २०८१ का मूल जिम्मेवारी हुन्,’ दाहालले भनेका छन्।  

उक्त प्राथमिकता र प्रयासमार्फत देश र जनतामा आशाको नयाँ रक्तसञ्चार पुनःजागृत हुने विस्वास दाहालको छ। नयाँ वर्षको सुरूआतसँगै सबै नेपालीमा नयाँ जोश, नयाँ उमङ्ग र नयाँ उत्साहका साथ आ–आफ्नो कर्मक्षेत्रमा जुट्ने विश्वास पनि दाहालको छ।

दाहालले विगत वर्षका अनुभवबाट शिक्षा लिएर नयाँ वर्षमा अझ बढी मेहनतका साथ आ–आफ्ना कार्यक्षेत्रमा खटिई सुशासन, समृद्धि र सामाजिक न्यायका निम्ति समर्पित हुन सबैमा आह्वान पनि गरेका छन्।

प्रकाशित मिति: ०९:०४ बजे, शनिबार, वैशाख १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्