Kathmandu Press

मलेसियामाथिको नेपालको जित

ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा शुक्रबार साँझ भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको हो।
मलेसियामाथिको नेपालको जित

काठमाडाैं, चैत ३० : ओमानमा जारी एसिसी प्रिमियर कपमा नेपालले विजयी सुरुआत गरेको छ। ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा शुक्रबार साँझ भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको हो।

१४४ रनको लक्ष्य नेपालले ४ बाँकी छँदा ५ विकेट गुमाउँदै भेट्टायो। नेपालका लागि आसिफ सेखले ३५ बलमा ४ चौका प्रहार गर्दै सर्वाधिक ३५ रन बनाए। उनले पहिलो विकेटका लागि कुशल भुर्तेलसाग ४९ रनको साझेदारी गरेका थिए। कुशलले २४ बलमा २५ रन बनाए।

Hardik ivf

यस्तै, कप्तान रोहितकुमार पौडेलले २४ बलमा १ छक्का मद्दछमा २७ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ११ बलमा २० रन बनाए। अन्तिममा गुल्सन झानले ७ बलमा १९ र सन्दीप जोराले ९ बलमा १२ रन बनाए।

बलिङमा मलेसियाका कप्तान वीरन्दीप सिंहले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले कप्तान वीरन्दीपको अर्धशतक मद्दतमा ३ विकेट मात्र गुमाएर १४३ रन बनायो। वीरन्दीपले ५७ बलमा समान ४ चौका र छक्का प्रहार गर्दै ७२ रन बनाए। यस्तै, सर्विन मुनियान्डीले ३३ बलमा ४१ रनको योगदान दिए।

बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १४ रन मात्र खर्चेर २ विकेट लिए भने अविनाश बोहराले १ विकेट लिए।

नेपाल एसिया कप छनोटका रुपमा रहेको प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो।

प्रकाशित मिति: १९:३५ बजे, शुक्रबार, चैत ३०, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्