Kathmandu Press

मलेसियामाथिको नेपालको जित

ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा शुक्रबार साँझ भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको हो।
मलेसियामाथिको नेपालको जित

काठमाडाैं, चैत ३० : ओमानमा जारी एसिसी प्रिमियर कपमा नेपालले विजयी सुरुआत गरेको छ। ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा शुक्रबार साँझ भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको हो।

१४४ रनको लक्ष्य नेपालले ४ बाँकी छँदा ५ विकेट गुमाउँदै भेट्टायो। नेपालका लागि आसिफ सेखले ३५ बलमा ४ चौका प्रहार गर्दै सर्वाधिक ३५ रन बनाए। उनले पहिलो विकेटका लागि कुशल भुर्तेलसाग ४९ रनको साझेदारी गरेका थिए। कुशलले २४ बलमा २५ रन बनाए।

यस्तै, कप्तान रोहितकुमार पौडेलले २४ बलमा १ छक्का मद्दछमा २७ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ११ बलमा २० रन बनाए। अन्तिममा गुल्सन झानले ७ बलमा १९ र सन्दीप जोराले ९ बलमा १२ रन बनाए।

बलिङमा मलेसियाका कप्तान वीरन्दीप सिंहले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले कप्तान वीरन्दीपको अर्धशतक मद्दतमा ३ विकेट मात्र गुमाएर १४३ रन बनायो। वीरन्दीपले ५७ बलमा समान ४ चौका र छक्का प्रहार गर्दै ७२ रन बनाए। यस्तै, सर्विन मुनियान्डीले ३३ बलमा ४१ रनको योगदान दिए।

बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १४ रन मात्र खर्चेर २ विकेट लिए भने अविनाश बोहराले १ विकेट लिए।

नेपाल एसिया कप छनोटका रुपमा रहेको प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो।

प्रकाशित मिति: १९:३५ बजे, शुक्रबार, चैत ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्