प्रियंका र आयुशमान अभियानकर्मी नियुक्त
काठमाडौं, फागुन १३ : नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी ‘स्वच्छ वातावरण महाअभियान’को अभियानकर्मी नियुक्त भएका छन् ।
....
काठमाडौं, फागुन १३ : नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी ‘स्वच्छ वातावरण महाअभियान’को अभियानकर्मी नियुक्त भएका छन् ।
उनीहरूलाई वन तथा वातावरण मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट अभियानकर्मी नियुक्त गरेको हो । प्रियंका र आयुशमानले देशभर स्वच्छ वातावरण बनाउन जनचेतनाको कार्यक्रम गर्ने छन् ।
उनीहरुलाई फागुन ७ गतेको निर्णयबाट अभियानकर्मी नियुक्त दम्पत्ती एक वर्षसम्म काम गर्ने छन् । यो जिम्मेवारी आफू खुशी रहेको प्रियंकाले बताएकी छन् ।
उनीहरूले सामाजिक कार्यका लागि आयंका फाउन्डेसन समेत दर्ता गरेका छन् ।
प्रकाशित मिति: १३:०९ बजे, सोमबार, फागुन १३, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार