एसिसी प्रिमियर कपमा मलेसियासँग खेल्दै नेपाल

काठमाडौं, चैत ३० : एसीसी प्रिमियर कप आजबाट ओमानमा सुरु हुँदैछ। एसिया कप छनोटका रुपमा रहेको प्रतियोगितामा नेपालले आज पहिलो खेल मलेसियासँग खेल्दैछ।
खेल नेपाली समयअनुसार दिउँसो ४ः१५ मा ओमानको अल अमरेत मैदानमा हुनेछ।
डिफेन्डिङ च्याम्पियन नेपाल मलेसियालाई हराउँदै उपाधि रक्षाको अभियान सुरु गर्न चाहन्छ। गतवर्ष घरमै भएकाे प्रिमियर कप जित्दै नेपालले पहिलाे पटक एसिया कप खेलेकाे थियाे।
पछिल्लो समय नियमित क्रिकेट खेलिरहेको र उत्कृष्ट लयमा रहेकाले मलेसियालाई हराउन नेपाललाई त्यति गाह्रो हुनेछैन। तर, प्रतिद्वन्द्वीलाई कमजोर भने नेपालले ठान्ने छैन।
प्रतियोगितामा नेपाल समूह एमा हङकङ, कतार, मलेसिया र साउदी अरेबियासँगै छ। समूह ‘बी’ मा ओमान, युएई, कम्बोडिया, बहराइन र कुवेत छन्।
नेपाल र मलेसियाबिच हालसम्म ९ टि–२० आई खेल भएका छन्। नेपाल ८ र मलेसिया १ खेलमा विजयी भएका छन्। मलेसियासँग पराजित एकमात्र खेल २०२० को एसीसी इस्टर्न रिजनमा हो। जसमा नेपाल २२ रनले पराजित भएको थियो।




-1790252522.jpg)






