Kathmandu Press

समुदायको स्वीकृतमा मात्र ‘क्लिनिकल ट्रायल’ गर्नुपर्ने

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा यहाँ भएको १०औँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको शिखर सम्मेलनमा ‘तथ्य र अनुसन्धानमा आधारित क्लिनिकल ट्रायल’ विषयक छलफलमा समुदायको स्वीकृति लिएरमात्र ‘क्लिनिकल ट्रायल’ गर्नुपर्नेमा जोड दिए। 
समुदायको स्वीकृतमा मात्र ‘क्लिनिकल ट्रायल’ गर्नुपर्ने

काठमाडौं, चैत २९ : कुनै पनि रोग विरुद्धको खोप÷औषधिको ‘क्लिनिकल ट्रायल’सामुदायको स्वीकृत लिएर गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा यहाँ भएको १०औँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको शिखर सम्मेलनमा ‘तथ्य र अनुसन्धानमा आधारित क्लिनिकल ट्रायल’ विषयक छलफलमा समुदायको स्वीकृति लिएरमात्र ‘क्लिनिकल ट्रायल’ गर्नुपर्नेमा जोड दिए। 

Hardik ivf

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले क्लिनिकल ट्रायलका लागि मापदण्ड बने पनि प्रभावकारी नभएको बताए। उनले आयुर्वेद औषधिमा पनि ‘क्लिनिकल ट्रायल’ बनाइरहेको बताए।
 
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका अनुसन्धान विभागका प्रमुख डा प्रदीप ज्ञवालीले क्लिनिकल ट्रायलका लागि अनुसन्धानलाई अघि बढाउनुपर्नेमा जोड दिए। उनले कोरोना भाइरस महामारीको बेला कोरोनाविरुद्धको खोपका लागि नेपालमा पहिलो ‘क्लिनिकल ट्रायल’ गरिएको बताए। उनी आफू परिषद्को सदस्यसचिव रहेको बेला ‘क्लिनिकल ट्रायल’सम्बन्धी मापदण्ड बनाएको भन्दै त्यसयलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए। 

अक्सफोर्ड विश्वविद्यालय क्लिनिकल रिसर्च युनिटका नहिदा हकले समुदायको स्वीकृतिमा मात्र क्लिनिकल ट्रायल गनुपर्ने भन्दै क्लिनिकल ट्रायललाई गलत रूपमा प्रयोग गर्न नहुने बताए।
 
परिषद्का इथिकल रिभ्यू बोर्डका डा दिप्तेश अर्यालले क्लिनिकल ट्रायलसम्बन्धी नयाँ मापदण्ड बने पनि सार्वजनिक नगर्दा क्लिनिकल ट्रायल गर्न समस्या भएको बताए। परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले परिषद्सँग अनुमति लिएर गरिएका क्लिनिकल ट्रायल अनुसन्धानको आचारसंहिताअनुसार नै रहेको बताए।

प्रकाशित मिति: १६:५० बजे, बिहीबार, चैत २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्