Kathmandu Press

सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ

मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले सरकारले पेट्रोल र डिजेलको प्रयोग घटाउन विद्युतीय गाडीमा सहुलियत दिनु पर्नेमा उल्टो विद्युतीय गाडीमा कर लगाएर उल्टो बाटोमा हिँडेको बताए। 
सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ

रामेछाप, असार १३ : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन्। 

मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले सरकारले पेट्रोल र डिजेलको प्रयोग घटाउन विद्युतीय गाडीमा सहुलियत दिनु पर्नेमा उल्टो विद्युतीय गाडीमा कर लगाएर उल्टो बाटोमा हिँडेको बताए। 

Hardik ivf

त्यस्तै शिक्षा र स्वास्थ्यमा भ्याट लगाउने कुरा पनि जनविरोधी कुरा भएको उनको धारणा छ। यो नीति रास्वपाको घोषणापत्र विपरीत समेत भएको उनले दाबी गरे। ‘एक प्रतिशत नै किन नहोस्,यो नीतिगत कुरा हो नि’, उनले भने। 

अहिलेको सरकारको नीति श्रमिकमारा भएको उनले बताए। श्रमिकहरूको न्यूनतम ज्याला नबढेकोले सरकार श्रमिकको पक्षमा नरहेको उनले बताए। 

हिजो जनार्दन शर्मालाई बजेट हेरफेर गरेको भनी राजीनामा दिन लगाएको स्मरण गराउँदै उनले अहिलेका अर्थमन्त्रीले खुल्लमखुल्ला बजेटको दर हेरफेर गरेको कुरा सन्नमा आएको उनले बताए। 

सरकारले नागरिकको आत्मविश्वास बढाउन नसकेको उनको भनाइ छ। त्यो विश्वास नजगाएसम्म देशमा नै बसेर केही काम गरौँ भन्ने वातावरण नबन्ने उनको धारणा छ।

प्रकाशित मिति: १२:५७ बजे, शनिबार, असार १३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्