नेपथ्यका कार्यक्रम एक महीना स्थगित
काठमाडौं, चैत ११ : नेपाली सांगीतिक क्षेत्रको चर्चित ब्यान्ड नेपथ्यले सबै कार्यक्रमहरु एक महीनाको लागि स्थगन गरेको छ।
नेपथ्यका मुख्य गायक अमृ....

काठमाडौं, चैत ११ : नेपाली सांगीतिक क्षेत्रको चर्चित ब्यान्ड नेपथ्यले सबै कार्यक्रमहरु एक महीनाको लागि स्थगन गरेको छ।
नेपथ्यका मुख्य गायक अमृत गुरुङले कोरोना भाइरसको संक्रमणबाट जोगिन कार्यक्रम स्थगित गरेको जनाएका छन्। ‘कोरोना भाइरसको कारण संसार ठप्प छ। विज्ञहरुले भने अनुसार भौतिक र शारीरिक दूरी बढाउनु र अरुको सम्पर्कमा नआउनु नै यसविरुद्ध सबैभन्दा उपयुक्त उपाय हो,’ गुरुङले ट्वीटरमार्फत भनेका छन्।
उनले सबै सर्तकता अपनाउन आग्रह गर्दै लेखेका छन, ‘नेपथ्यले ब्यान्डले सबै क्रियाकलापलाई एक महीना स्थगन गरेका छौं। अत्यावश्यक सेवामा सम्बन्धित बाहेक तपाई पनि केही दिन घरमै रहेको बेस।’
कोरोना भाइरसको संक्रमणका कारण नेपालमा सबै सांगीतिक कार्यक्रमहरु रोकिएका छन्।












