यस्ताे हुनेछ टि–२० विश्वकपमा नेपालको जर्सी
निलो रङको नयाँ जर्सीको सबैभन्दा तल रातो रङमा गैंडा र सगरमाथा छ। बीचमा पछाडि खेलाडीका र अगाडि नेपाल लेखिएको छ।
काठमाडाैं, चैत २६ : आसन्न टि–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले एक कार्यक्रमम गर्दै सोमबार राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको छ। जर्सी खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टंकलाल घिसिङले सार्वजनिक गरे।
निलो रङको नयाँ जर्सीको सबैभन्दा तल रातो रङमा गैंडा र सगरमाथा छ। बीचमा पछाडि खेलाडीका र अगाडि नेपाल लेखिएको छ। जर्सी कलर रातो रंग छ, दुवैतर्फ कुममा रातो रंगमा नेपालका झण्डा बनाइएको छ। जर्सी केल्मीले बनाएको हो।
टि–२० विश्वकपको समूह डी मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्डस् र नेपाल छन्। शीर्ष दुईमा रहने हरेक समूहका दुई दुई टोली सुपर ८ मा पुग्नेछन्। नेपाल सन् २०१४ पछि पहिलो पटक टी–२० विश्वकप खेल्न लागोको हो।
प्रतियोतिगामा नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने छ। जुन ४मा हुने यो खेल अमेरिकाको डल्लासमा हुनेछ। यस्तै, नेपालले दोस्रो खेल श्रीलंकासँग जुन ११मा अमेरिकाकै फ्लोरिडामा खेल्नेछ।
यस्तै, नेपालले तेस्रो खेल दक्षिण अफ्रिकासँग सेन्ट भिसेन्टमा खेल्नेछ। खेल जुन १४मा हुनेछ। समूहको अन्तिम खेल नेपालले सेन्ट भिसेन्टमै बंगलादेशसँग जुन १६मा खेल्ने छ।












