Kathmandu Press

वेस्टइन्डिजका रोडी इस्टविक बने नेपालको बलिङ कन्सलट्यान्ट

क्यालने आइतबार सामाजिक सञ्जालमार्फत ६३ वर्षीय बार्बाडोसका पूर्व फास्टबलर इस्टविकलाई राष्ट्रिय टिमको बलिङ कन्सलट्यान्ट नियुक्त गरेको जनाएको छ।
वेस्टइन्डिजका रोडी इस्टविक बने नेपालको बलिङ कन्सलट्यान्ट

काठमाडाैं, चैत २५ : नेपाल क्रिकेट संघ (क्यान) ले आसन्न एसिसी प्रिमियर कप र टि–२० विश्वकपका लागि बलिङ कन्सलट्यान्ट नियुक्त गरेको छ।

क्यानले वेस्टइन्डिजका रोडी इस्टविकलाई बलिङ कन्सलट्यान्ट नियुक्त गरेको हो। क्यालने आइतबार सामाजिक सञ्जालमार्फत ६३ वर्षीय बार्बाडोसका पूर्व फास्टबलर इस्टविकलाई राष्ट्रिय टिमको बलिङ कन्सलट्यान्ट नियुक्त गरेको जनाएको छ।

इस्टविकसँग वेस्टइन्डिजको बी टिम, बार्बाडोसको सिनियर टिम र ग्लोबर टि–२० लिगमा प्रशिक्षण गरेको अनुभव छ।

वेस्टइन्डिजको सिनियर टिममा नखेलेपछि उनले उमेर समूहमा भने खलेका छन्। उनले दक्षिण अफ्रिका र इंग्ल्यान्डमा क्लब क्रिकेट खेलेका थिए।

इस्टविक ओमानमा हुने एसिसी प्रिमियर कपअघि नेपाली टिममा सामेल हुनेछन्।

प्रकाशित मिति: १८:२८ बजे, आइतबार, चैत २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्