Kathmandu Press

भारतमा नेपालले जित्यो टि–२० सिरिज

आइतबार भएको फाइनलमा गुजरातलाई १८ रनले हराउादै नेपालले उपािध जितेको हो।
भारतमा नेपालले जित्यो टि–२० सिरिज

काठमाडौं, चैत २५ : भारतमा भइरेहको ‘एसएमएस फ्रेन्डसिप कप’ टि–२० त्रिकोणात्मक सिरिजको उपाधि नेपालले जितेको छ। आइतबार भएको फाइनलमा गुजरातलाई १८ रनले हराउादै नेपालले उपािध जितेको हो।

नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको गुजराजतले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १५८ रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान उमांग रोहितकुमारले २८ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४० रन बनाए।

Hardik ivf

यस्तै, आर्य देशाई २४ बलमा ४ चौका र २ छक्कासहित ३६, रुद्र पटेल १७, जयमित पटेल र हर्ष देशाईले समान १५ रन बनाए।

बलिङमा नेपालका अभिनाश बोहराले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए। करण केसी र कुशल मल्लले समान १ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको अर्धशतक मद्दतमा ४ विकेटको क्षतिमा १७६ रन बनायो।

रोहितले ४७ बलमा ५ चौका र ४ छक्का मद्दतमा सर्वाधिक  ७४ रन बनाए। यस्तै, मोहम्मद आसिफ सेखले ३४ बलमा ३४ रन बनाउँदा कुशल मल्लले १४ बलमा ३१ रन बनाए। यस्तै, कशुल भुर्तेलले २१ बलमा १९को योगदान दिए।

बलिङमा गुजरातका जयमित पटेल, सेन पटेल, तेजश पटेल र जला युवराजैसिनले समान १ विकेट लिए।

प्रकाशित मिति: १७:०६ बजे, आइतबार, चैत २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्