Kathmandu Press

आयरल्यान्ड्स वुल्भ्सविरुद्ध अर्जुन कुमालको शतक

कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा अर्जुनले ३४औं ओभरको पहिलो बलमा २ रन लिँदै अर्जुनल शतक प्रहार गरेका हुन्।
आयरल्यान्ड्स वुल्भ्सविरुद्ध अर्जुन कुमालको शतक

काठमाडाैं, चैत २५ : आयरल्यान्ड्स वुल्भ्सविरुद्धको अन्तिम एकदिवसीय खेलमा युवा ओपर अर्जुन कुमालले शतक बनाएका छन्। कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा अर्जुनले ३४औं ओभरको पहिलो बलमा २ रन लिँदै अर्जुनल शतक प्रहार गरेका हुन्।

यो जारी एकदिवसीय सिरिजमा नेपाली खेलाडीले बनाएको पहिलो शतक हो। यसअघि २ खेलमा कुनैपनि खेलाडीले अर्धशतक पनि प्रहार गर्न सकेका थिएनन्। २८५ रनको लक्ष्य पछ्याउँदा सम्हालिएको इनिङ खेल्दै अर्जुनले ११४ बलमा १४ चौका प्रहार गर्दै शतक पुरा गरे।

Hardik ivf

अर्जुनको शतक मद्दतमा नेपाल ३४औं ओभरका समाप्तिमा नेपालले २०२–५को अवस्थामा छ।

अर्जुनले पहिलो विकेटका लागि अर्जुन साउदसँग ६८ र दोस्रो विकेटका लागि देव खनालसँग ५२ रनको साझेदारी गरेका थिए। अर्जुन साउदले ३० बलमा ३४ रन बनाउँदा देव खनालले ११ रन बनाए।

 

प्रकाशित मिति: १५:५० बजे, आइतबार, चैत २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्