रोहितको अर्धशतकमा नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको अर्धशतक मद्दतमा ४ विकेटको क्षतिमा १७६ रन बनायो।काठमाडाैं, चैत २५ : भारतमा भइरेहको ‘एसएमएस फ्रेन्डसिप कप’ त्रिकोणात्मक सिरिजको फाइनलमा नेपालले गुजरातलाई १७७ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको अर्धशतक मद्दतमा ४ विकेटको क्षतिमा १७६ रन बनायो।
रोहितले ४७ बलमा ५ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ७४ रन बनाए। यस्तै, मोहम्मद आसिफ सेखले ३४ बलमा ३४ रन बनाउँदा कुशल मल्लले १४ बलमा ३१ रन बनाए। यस्तै, कशुल भुर्तेलले २१ बलमा १९को योगदान दिए।
बलिङमा गुजरातका जयमित पटेल, सेन पटेल, तेजश पटेल र जला युवराजैसिनले समान १ विकेट लिए।
प्रकाशित मिति: १५:०२ बजे, आइतबार, चैत २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १०८ रनले हरायोसोमबार, मंसिर १०, २०८१
पर्थमा अस्ट्रेलियामाथि भारतको सानदार जितसोमबार, मंसिर १०, २०८१
धरहराबाट एनपीएलको ट्रफी सार्वजनिक, ओलीले गरे मार्की खेलाडीकाे प्रशंसासोमबार, मंसिर १०, २०८१
इंग्लिस प्रिमियर लिगमा लिभरपुलसँग साउथह्याम्पटन ३–२ गोलले पराजितसोमबार, मंसिर १०, २०८१