Kathmandu Press

डोहनीको शतकमा आयरल्यन्ड्स वुभ्ल्सले नेपाल एलाई दियो २८५ रनको लक्ष्य

कीर्तिपुरस्थित टियू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड्स वुल्भ्सले स्टेफन डोहनीले शतक मद्दतमा निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २८४ रन बनायो।
डोहनीको शतकमा आयरल्यन्ड्स वुभ्ल्सले नेपाल एलाई दियो २८५ रनको लक्ष्य

काठमाडाैं, चैत २५ : एकदिवसीय सिरिजको अन्तिम खेलमा आयरल्यान्ड्स वुल्भ्सले नेपाल एलाई २८५ रनको ठूलो लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टियू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड्स वुल्भ्सले स्टेफन डोहनीले शतक मद्दतमा निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २८४ रन बनायो।

उसका लागि यो टुरकै पहिलो शतक प्रहार गरेक डोहनीले १२९ बलमा ८ चौका २ छक्का प्रहार गर्दै १०७ रन बनाए। यस्तै, पिटर मा्रले २५ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ४४ रन बनाए।,

Hardik ivf

आयरल्यान्ड्स वुल्भ्सका तल्लोक्रमका ब्याट्सम्यानले राम्रो योगदान दिए। म्याथ्यु हम्फ्रेसले २३, मोर्गन टोपिङले २१, फिओन हान्डले २० र बेन ह्वाइटले १९ रन बनाए।

बलिङमा नेपालका रञ्जित कुमार र रिजन ढकालले समान ३ विकेट लिए। यस्तै, विकास अग्री र साहब आलमले समान १ विकेट लिए।

 

प्रकाशित मिति: १३:०८ बजे, आइतबार, चैत २५, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्