Kathmandu Press

आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

शनिबार राति आर्सनलाई जिताउन बकायो साका, केइ हार्भाटेज र लियोनार्दो ट्रोसान्डले एक एक गोल गरेका थिए । ३३ औं मिनेटमा साकाले पेनाल्टीमा गोल गर्दै आर्सनलाई अग्रता दिलाए ।
आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौं, चैत २५ : इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल शीर्ष स्थानमा फर्किएको छ । शनिबार राति भएको खेलमा ब्राइटनविरुद्ध ३–० को सहज जित निकालेको आर्सनल लिभरपुललाई एक अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । आर्सनलले ३१ खेलबाट ७१ अंक बनाउँदा लिभरपुलको ३० खेलबाट ७० अंक रहेको छ ।

शनिबार राति आर्सनलाई जिताउन बकायो साका, केइ हार्भाटेज र लियोनार्दो ट्रोसान्डले एक एक गोल गरेका थिए । ३३ औं मिनेटमा साकाले पेनाल्टीमा गोल गर्दै आर्सनलाई अग्रता दिलाए । ६२ औं मिनेटमा हार्भाटेजले गोल गरेपछि आर्सनलले अग्रता दोब्बर बनाएको थियो । ८६ औं मिनेटमा ट्रोसान्डले गोल गरेपछि आर्सनल ३–० को सहज जित निकाल्न सफल भयो ।

Hardik ivf

प्रिमियर लिगकै अर्को खेलमा वेस्टह्यामले वुल्भ्सलाई २–१ गोलको पुनरागमन जित निकालेको छ । १ गोलले पछि परेको वेस्टह्यामले अन्ततः २–१ कोे जित निकाल्न सफल भयो । पाब्लो सर्वियाको पेनाल्टीबाट वुल्भ्सले अग्रता ३३ औं मिनेटमा लिएको थियो । ७३ औं मिनेटमा लुकास पुएटाले पेनाल्टीमा गोल गर्दै वेस्टह्यामलाई बराबरीमा ल्याएका थिए । ८४ औं मिनेटमा जेम्स वार्डले गोल गर्दै वेस्टह्यामलाई २–१ ले जिताए ।

वेस्टह्याम ४८ अंकका साथ सातौं स्थानमा रहँदा वुल्भ्स ४२ अंकका साथ ११ औं स्थानमा छ । यस्तै, लुटनले बर्नमाउथमाथि २–१ गोलको जित दर्ता गर्दा न्युक्यासलले फुलह्यामलाई १–० ले स्तब्ध बनायो । एभर्टनले बर्नलेलाई १–० गोल अन्तरले पराजित गर्दा एस्टन भिल्ला र ब्रेन्टफोर्डले तीन तीन गोलको बराबरी खेले । यस्तै, म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसमाथि ४–२ को पुनरागमन जित निकालेको छ । 
 

प्रकाशित मिति: ०७:५८ बजे, आइतबार, चैत २५, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्