Kathmandu Press

करणी र कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई कैद फैसला

जिल्ला न्यायाधीश कमलराज विष्टको बिहीबारको इजलासले अभियुक्त आँबुखैरेनी गाउँपालिका–६ बस्ने नारायण भन्ने समबहादुर भुजेल, सोही ठाउँका क्यानम भन्ने चन्द्रबहादुर भुजेल र दुई नाबालकलाई कैद तथा जरिवानाको फैसला सुनाएको हो। 
करणी र कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई कैद फैसला

तनहुँ, चैत २३ : ४५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरी हत्या गरेको अभियोगमा तनहुँ जिल्ला अदालतले अभियुक्तलाई कैद र जरिवानाको फैसला सुनाएको छ। 

जिल्ला न्यायाधीश कमलराज विष्टको बिहीबारको इजलासले अभियुक्त आँबुखैरेनी गाउँपालिका–६ बस्ने नारायण भन्ने समबहादुर भुजेल, सोही ठाउँका क्यानम भन्ने चन्द्रबहादुर भुजेल र दुई नाबालकलाई कैद तथा जरिवानाको फैसला सुनाएको हो। 

अभियुक्त नारायण भन्ने समबहादुर भुजेललाई १२ वर्ष कैद र रु दुई लाख जरिवानाको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार केशवप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो। पौडेलका अनुसार निजबाट मृतकका छोरालाई रु एक लाख क्षतिपूर्ति भराउने फैसलासमेत भएको छ।

Hardik ivf

त्यस्तै अर्का अभियुक्त क्यानम भन्ने चन्द्रबहादुर भुजेललाई १० वर्ष कैद, रु एक लाख जरिवाना र रु ५० हजार क्षतिपूर्ति भराउने फैसला भएको स्रेस्तेदार पौडेलले बताउनुभयो। निज चन्द्रबहादुर मृतक महिलाका श्रीमान् हुन्।

सोही घटनामा संलग्न भएका सोही ठाउँका १७÷१७ वर्षीय दुई बालकलाई जनही आठ वर्ष कैद फैसला भएको छ। ती दुई बालकलाई १२ वर्षको कैद सजाय भए पनि नाबालक भएका कारण चार वर्ष कैद मिनाहा भएको हो।

समबहादुर भुजेलसहित तीन जनाले २०७८ फागुन २८ गते राति पीडितकै घरमा गई मृतकका पति चन्द्रबहादुरलाई समातेर घर बाहिर लगी पालैपालो बलात्कार गरेको आरोप मृतकका छोराले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ। मदिरा सेवनबाट लट्ठ भएकी कुमारीलाई आरोपितले पालैपालो बलात्कार गरेको अदालतले पनि ठहर गरेको छ।

बलात्कार गरेर ती युवा भागेपछि घरभित्र गएका चन्द्रबहादुरले आफ्नै पत्नीले ती युवाहरुलाई बोलाएको आशङ्कामा ओदान अड्याउन राखेको ढुङ्गाले टाउकामा हानी हत्या गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ।

मृतकका छोराले २०७८ फागुन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। प्रहरीले आरोपित चारैजनालाई २०७८ चैत १ गते पक्राउ गरेको थियो। शवको फागुन २९ गते दमौली अस्पतालमा शव परीक्षण भएको थियो। जिल्ला सरकारी वकिल कार्यालयले आरोपितविरुद्ध विसं २०७८ चैत २१ गते जिल्ला अदालतमा जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी छुट्टाछुट्टै मुद्दा दर्ता गरेको थियो। आरोपित चारै जना जिल्ला अदालतको आदेशमा चैत २३ गतेदखि पुर्पक्षका लागि थुनामा थिए।

प्रकाशित मिति: १६:२८ बजे, शुक्रबार, चैत २३, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्